दसैंअघि संशोधन प्रस्ताव दर्ता नहुने

  • कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा नबनेपछि संशोधन प्रस्ताव दर्ता तत्काललाई टर्‍याे
बसन्त बस्नेत, आश्विन १५, २०७३
सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नेबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन अझै कठिन देखिएको भन्दै प्रधानमन्त्री निकट उच्च स्रोतले दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको जनाएको छ ।
पूरा पढ्नुहोस् »

दसैंका लत्ताकपडा हवाईजहाजमा

  • तातोपानी बन्द र रसुवागढी–केरुङ नाकामा धेरै झन्झट भएपछि व्यापारीले चिनियाँ सामान हवाईजहाजबाट भित्र्याउँदै
विष्णु पोखरेल, आश्विन १५, २०७३
चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन थालेका छन् । राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने व्यापारीले अन्तर्राष्ट्रिय उडान भर्ने जहाज कम्पनीमार्फत सामान आयात गर्न थालेका हुन् ।
पूरा पढ्नुहोस् »

तीनकुने र बिजुलीबजारमा नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’

  • २०७५ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न हुने
तीनकुने र बिजुलीबजारमा नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’
‘नेटवर्क आर्क ब्रिज’ काे स्केच । स्राेत : जेई कन्स्ट्रक्सन कम्पनी

शिल्पा कर्ण, काठमाडौं, आश्विन १५, २०७३
नेपालमा पहिलोपटक पुलको भार त्यसमा जोडिएको तार हुँदै ‘आर्क’ माथि र मुख्य पिलरमा पर्ने प्रविधिबाट पुल निर्माण गरिँदै छ । यस्तो पुल राजधानीको दुई स्थानमा २/२ गरी ४ वटा बनाइँदै छ । ‘नेटवर्क आर्क ब्रिज’ भनिने यस किसिमको पुल विदेशमा लोकप्रिय भए पनि नेपालमा यसअघि निर्माण भएको थिएन ।
पूरा पढ्नुहोस्

भक्तपुरकाे तलेजुमा भित्र्याइयो सेतो घोडा

कान्तिपुर संवाददाता , आश्विन १५, २०७३
तलेजु भवानीको वाहनका रूपमा रहेको सेतो घोडा बाजागाजासहित भक्तपुरको तलेजु मन्दिरमा भित्र्याइएको छ । पहिलेको घोडा गत वर्ष मरेपछि तलेजु भवानी वाहनविहीन भएको थियो । विजया दशमीको राति मनाइने खड्ग (पायो) जात्राका लागि नभई नहुने सेतो घोडा घटस्थापनाको दिन पारेर मन्दिर भित्र्याइएको हो ।
पूरा पढ्नुहोस्

बिना फाइल धमाधम मोटरसाइकल नामसारी

प्रशान्त माली, आश्विन १५, २०७३
काठमाडौ चन्द्रागिरी नगरपालिका– ८ सतुंगलस्थित यातायात व्यवस्था कार्यालयले मोटरसाइकल विना फाइल धमाधम नामसारीको काम हुन थालेको छ । ताल्छीखेलस्थित कार्यालयबाट सतुंगल ल्याइएका फाइलहरु बोरामा नै थन्काइएका छन् । ती फाइललाई व्यवस्थापन नगर्दै यातायात कार्यालयले मोटरसाइकलको धमाधम नामसारी गर्न थालेको हो ।
पूरा पढ्नुहोस्

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

प्रताप विष्ट, आश्विन १५, २०७३
मकवानपुरको दुई छ्ट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा शनिवार दुईजनाको मृत्यु भएको छ । त्रिभुवन राजपथको नामटार महभीरमा हेटौंडाबाट पालुङतर्फ जाँदै गरेको ना २ ख २८५२ नम्बरको ट्याङकर सडकबाट ५ सय मीटर तल खस्दा सहचालक बारा गढीमाई नगरपालिका–९ का बिनोद सहनीको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
थप समाचार

सिड्नीमा साहित्यिक अन्तर्क्रिया

कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
अष्ट्रेलियाको सिड्नीमा साहित्यकार बुद्धिसागर र पत्रकार तथा ब्लगर उमेश श्रेष्ठसँग अन्तर्क्रिया भएको छ ।
पूरा पढ्नुहोस्

सिड्नीमा दसैं तिहार साँझ

कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
नेपालीहरुको महान पर्व दसैं तिहारलाई स्वागत गर्ने र पारिवारिक रमाइलो गर्ने उद्देश्यका साथ सिड्नीको ग्रानभिलमा दसैं तिहार साँझ सम्पन्न भएको छ ।
पूरा पढ्नुहोस्

यूएईमा संस्थागत रूपमा घरेलु कामदार पठाउन सुरु

होम कार्की, आश्विन १४, २०७३
नेपालले संयुक्त अरब इमिरेट्समा घरेलु कामदार (हाउसमेड) संस्थागत (म्यानपावर कम्पनीले म्यानपावर कम्पनीलाई) रूपमा पठाउन थालेको छ । खाडीमा घरेलु कामदारलाई संस्थागत रूपमा पठाउन थालेको यो पहिलोपटक हो ।
पूरा पढ्नुहोस्

लन्डन आइपुगे बेलायतका लागि नयाँ राजदूत

नवीन पोखरेल, आश्विन १३, २०७३
बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी बुधबार राती लन्डन उत्रिएका छन् । करिब अढाइ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले सुवेदीलाई २० औं राजदूतका रुपमा पाएको हो । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।
पूरा पढ्नुहोस्

आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

होम कार्की , आश्विन १२, २०७३
इराकको स्वशासित राज्य कुर्दिस्तानमा आत्महत्या गरेकी पोखरा—८, कास्कीकी २९ वर्षिया अन्जना नेपालीको शव चार महिनापछि नेपाल आइपुग्ने भएको छ ।
पूरा पढ्नुहोस्

पौड्यालले पाए अष्ट्रेलियाको उत्कृष्ट शिक्षा पुरस्कार

नारायण खड्का, आश्विन १२, २०७३
अष्ट्रेलियाको शिक्षा विभागद्वारा प्रदान गरिने उत्कृष्ट पुरस्कार नेपाली युवा रत्न पौड्याललाई प्रदान गरिएको छ । १० हजार डलर राशिको पुरस्कार पाउने उनी पहिलो नेपाली बनेका छन् ।
पूरा पढ्नुहोस्

राजनीतितिर रञ्जु

पर्वत पोर्तेल, आश्विन १२, २०७३
कुनै समय नेपाली फिल्मी दुनियाँमा सफल अभिनेत्रीको छवि बनाएकी कलाकार रञ्जु लामिछानेको परिचय अहिले फेरिएको छ ।
पूरा पढ्नुहोस्

महिला वेचविखनबारे दिल्लीमा गोष्ठी

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
अखिल भारत नेपाली एकता मञ्चले महिला वेचविखनको समस्याको कारण र निदानवारे नयाँ दिल्लीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
पूरा पढ्नुहोस्

स्वर्ण जयन्ती मनाउँदै हान, राष्ट्रपति भण्डारीद्वारा उदघाटन

-सुरज कुँवर, आश्विन १५, २०७३
नेपालभर दर्ता भएका साना ठूला सबैखाले होटल–रिसोर्टको छाता संगठन होटल संघ नेपाल (हान) ले शुक्रबार ५० औं वर्ष पुगेको अवसरमा राजधानीमा स्वर्ण महोत्सव मनाएको छ । तीन दिनसम्म चल्ने स्वर्ण महोत्सवको पहिलो दिनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।
पूरा पढ्नुहोस्

पत्नीका लागि विमान खरिद

दिनेश यादव, आश्विन १५, २०७३
संसारमा थरीथरीका मानिस भेटिन्छन् । कोही दुई छाक खान नपाएर भोकै मर्ने अवस्थामा छन् । कोही भने आफूले कमाएको धन कहाँ खर्चने भन्ने तनावमा । झन् करोडपति, अर्बपतिको संसारै बेग्लै छ, कुरै फरक ।
पूरा पढ्नुहोस्

बल्ल पूरा बजेट पारित

बल्ल पूरा बजेट पारित
कान्तिपुर संवाददाता , आश्विन १५, २०७३
व्यवस्थापिका संसद्ले शुक्रबार आर्थिक वर्ष २०७३/०७४ को बजेटसँग आश्रित तीन विधेयक पारित गरेको छ ।
पूरा पढ्नुहोस्

पाँच दिनमा साढे ४ अर्बको कारोबार

पाँच दिनमा साढे ४ अर्बको कारोबार
कान्तिपुर संवाददाता , आश्विन १५, २०७३
यस साता ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा २१ दशलमव २७ प्रतिशतले कम हो ।
पूरा पढ्नुहोस्

सिन्डिकेट लगाउन यातायात बन्द

कृष्ण थापा, आश्विन १५, २०७३
सिन्डिकेट लगाउन नपाएपछि पासाङ ल्हामु बस व्यवसायीले जिल्लामा सञ्चालन हुँदै आएको यातायात सेवा बन्द गराएका छन् ।
पूरा पढ्नुहोस्

‘रेक्ट्रो फिटिङ’ गर्न एक लाख दिने तयारी

कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले आंशिक क्षति पुर्‍याएको घरको रेक्ट्रो फिटिङ गन एक लाख दिने तयारी गरेको छ ।
पूरा पढ्नुहोस्

छोटकरी आर्थिक समाचार: टीभीएसको सोरुम विस्तार

छोटकरी आर्थिक समाचार: टीभीएसको सोरुम विस्तार
कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
सानिमा बैंकले वित्तीय पहुँचको अभावमा रहेको समुदायलाई लक्षित गरेर १३ जिल्लामा विपन्न वर्ग कर्जा प्रवाह गर्ने भएको छ ।
पूरा पढ्नुहोस्

८१ करोडको सेयर कारोबार

८१ करोडको सेयर कारोबार
कान्तिपुर संवाददाता , आश्विन १४, २०७३
साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा ८१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ६ करोड रुपैयाँले बढी हो ।
पूरा पढ्नुहोस्

यौनसँग जोडिएका आश्चर्यजनक तथ्यहरू

आश्विन १५, २०७३
महिलाको लागि सम्भोग एउटा प्रभावकारी पेनकिलर हो । यौनक्रियाका बेला शरीरमा एन्डोमार्फिन स्राव हुन्छ । यो शक्तिशाली पेनकिलर मानिन्छ । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

शनिबारीय : माफ गर्नुस्, म नेपाललाई माया गर्छु

मञ्जुश्री थापा, आश्विन १५, २०७३
गत वर्ष जब नेपालको नयाँ संविधानले महिलाहरूलाई नागरिकतामा बराबरको हक दिएन, तब म मैले मेरो अन्योलबाट मुक्ति पाएँ । जुन देशले मलाई पूर्ण मानवको रूपमा हेर्दैन, त्यो देशसँग मेरो पहिचान देख्न–देखाउन मैले छाडिदिएँ । पूरा पढ्नुहोस्
थप ब्लग

पत्रकार न्यौपानेको ‘कर्म’ विमोचन

कान्तिपुर संवाददाता , आश्विन १५, २०७३
पत्रकार दामोदर न्यौपाने दोस्रो कृति ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ लिएर आएका छन् । कान्तिपुर दैनिकमा करिब डेड दशकदेखि कार्यरत न्यौपानेको पुस्तक शनिबार सार्वजनिक गरियो । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

दसैंमा एनसेलको दोब्बर पैसा अफर

कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
दसैं–तिहारलाई लक्षित गर्दै एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम ‘मेन ब्यालेन्स’ बाट प्रयोग गर्दा काटिएकोमध्ये दोब्बर रकम बोनस ब्यालेन्स फिर्ता पाउनेछन् । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

दम्पति आफैले गरे आफ्नो श्राद्ध र पिण्डदान

रमेशचन्द्र अधिकारी, आश्विन १४, २०७३
कुशको दुई वटा प्रतिकात्मक लाशकोपछि मलामी थिए । तमोर नदि किनारमा तयार गरिएको चितामा धार्मिक विधि अनुसार कुशको लाशको अन्त्यष्टि पनि गरियो । मलामी जानेमा केहि आफन्तजन र जसको प्रतिकात्मक लाश थियो, तिनै व्यक्ति पनि सहभागि थिए । पूरा पढ्नुहोस्
थप रोचक