हेलो शुक्रबार

वायरलेस फाइल सेयरिङको परीक्षण

  • हेलो टेक
- कान्तिपुर संवाददाता , काठमाडौं

मंसिर १, २०७४-माइक्रोसफ्ट र गुगलले आ–आफ्नो डिभाइसका लागि वाईफाईमार्फत डाटा ट्रान्सफर हुने वायरलेस फिचरको परीक्षण गरिरहेको रिपोर्टहरू सार्वजनिक भएको छ । दुवै कम्पनीले डिभाइसलाई केन्द्रित गरी एप्पलको एयरड्रपजस्तै विशेषता भएको फिचरको परीक्षण गरिरहेका हुन् ।

गुगलले आफ्नो एप ‘फाइलगो’ मार्फत ब्लुतुथबाट नजिकका डिभाइसमा फाइल ट्रान्सफर हुने र माइक्रोसफ्टले आफ्नो यस्तो फिचरको नाम ‘सेयरनियर’ राखिएको रिपोर्टहरूमा जनाइएको छ । दुवै कम्पनीको आफ्नै छुट्टै फाइल सेयरिङ फिचर थिएनन् ।

माइक्रोसफ्टको यो फिचरले विशेषत: विन्डोज टेन कम्प्युटर चलाउने प्रयोगकर्ताहरू लाभान्वित हुनेछन् । यसमा सबै खालका फाइलहरू आदानप्रदान नगर्न सकिनेछ । गुगलको फाइलगो एप भने प्ले–स्टोरमा बेटा भर्सनमा उपलब्ध छ ।

 

प्रकाशित: मंसिर १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार