कोसेली

कोदो

  • कविता
- खेम बतास, काठमाडौं

कार्तिक २५, २०७४-गरिब बैकिनीको कुर्कुच्चाजस्तो उज्गलो१मा 

बस्दै आएको म कोदो हुा

गोसाइ२, कोदो ।

मेरा इजा–बाले 

बौसको पूरापूर बालापन पोखेर

जोगाएको बीउको दर सन्तान हुा

मेरा पुर्खाको रगत–पसिनाले 

निथ्रुक्क भिजेको छ 

यो जमिन ।

गोसाइ !

तमले धानको बीउ 

बडो मिहिनेतले रोप्नुहुन्छ 

आईसीयूमा राखेझैं

इराकको पानीसाग साटेर

बचाउनुहुन्छ उसको प्राणपखेरू

गाउाभरिका जवान हली–बाउसे

र, चार–चार हल बल्ल जोतेर 

गर्नुहुन्छ गैरीखेतको रोपाइा ।

गोसाइले गहुा हुर्काउन पनि 

कम्ता मिहिनेत गन्र्नुहुन्न

त्यत्रो मिहिनेतले त 

भासु३मा पनि इन्द्रेणी पोखिन्थ्यो 

उन्युमा पनि सुगन्ध भरिन्थ्यो

त्यत्रो मिहिनेतले त धुली४ र 

कोल्टी पनि टुाडिखेल बनिसक्थ्यो

म त तमरा पानी नचल्ने हातले 

बुर्की५ फालेझंै फालिएको उज्गलोको 

कोदो हुा प्रभु, कोदो ।

मेरो धरामा अपि र सैपाल नै राखिदिए पनि

कहिल्यै चिस्यान आउादैन 

मेरो बस्तीमा कर्णाली नै फर्काए पनि 

कहिल्यै तिर्खा मर्दैन 

म त तमरा पानी नचल्ने हातले 

मलामीले चौबाटोमा टीला फालेझौ फालिएको 

कोदो हुा, कोदो ।

गोसाइ !

मैले तमरा भाडारको कल्पना त

कता हो कता

त्यो भान्साको मुखसमेत देखेको छैन 

मेरा हड६ लागे पनि

पण्डितले अभिषेक छर्केझौ 

छोडो हालेर भित्र पस्नुहुन्छ

मेरो रङले किन पूजा यज्ञमा बेदी पुजिादैन ?

म पनि यसै धर्तीको आदिवासी बाली हुा

हो, आदिवासी बाली ।

जहिल्यै खेतका फााटहरुमा तोरी फुलेको देख्छु

जहिल्यै खेतमा धानका बाला झुलेको देख्छु

जहिल्यै खेतका आलीमा भटमास नुहेको देख्छु

किन मलाई रोप्नुहुन्न

खलोकिनारकै मलिलो जमिनमा ?

मेरो जरामा कहिल्यै पोटास, युरिया नहाले पनि 

मेरो जमिनमा कहिल्यै कम्पोस्ट नफाले पनि

म पनि कुनै दलहन र तेलहनभन्दा

कम तागतिलो छैन ।

गोसाइ !

एउटा कुरा भनौा ?

दु:ख नमान्नु होला

कोदोको रङ कालो हुन्छ 

हो, म सक्कली रङ हुा माटोको ।

 

केही डोटेली शब्दको अर्थ

१=पाखो जमिन 

२=मालिक

३=कैलालीको उत्तरी भागमा पर्ने पहाड, 

४=बझाङको एउटा विकट गाउा, 

५=मलामीले फाल्ने अन्न 

६=शरीर 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार