शैली

फ्यानको धम्की

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २५, २०७४-कलाकारहरू आफ्नो सम्पत्ति भनेकै फ्यान हुन् भन्ने गर्छन् । बलिउड अभिनेता वरुण धवनचाहिँ आजकल यसो भन्न सक्दैनन् । उनी फ्यानविरुद्ध नै मुद्दा हाल्न बाध्य भएका छन् । यसै साता उनले एक युवतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । युवतीले ह्वाट्स एपमा बग्रेल्ती म्यासेज पठाएर हैरान लगाएको र जथाभावी लेख्न थालेपछि आफूले उनलाई ब्लक गरेको वरुणको भनाइ छ । पछिल्लो पटक त नचिनेको नम्बरबाट फोन आउने र धम्कीसमेत दिने गरेपछि वरुण प्रहरीसम्म पुगेको मिड–डे पत्रिकामा उल्लेख छ । ‘म्यासेज रिप्लाई नगरे ती युवतीले आत्महत्या गर्नेछिन्’ भन्ने खालका धम्कीले वरुणलाई तनाव दिने गरेका रहेछन् । 

‘मैं तेरा हिरो’ एक्टरले यसबारे आफ्नो कानुनी सल्लाहकारसँग परामर्श लिएपछि प्रहरीसमक्ष पुगेका थिए । 

‘हामी छानबिनको क्रममा छौं’, प्रहरीले भनेको छ, ‘उनलाई फोन आएको नम्बर अहिले स्विच अफ गरिएको छ । हामी पत्ता लगाउँछौं ।’ यसबारे वरुण स्वयंले भने सञ्चारमाध्यमलाई 

कुनै जानकारी वा प्रतिक्रिया दिएका छैनन् । 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार