शैली

‘राज्जा रानी’ एक साताअगाडि

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २५, २०७४-नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’ को प्रदर्शन मिति निर्धातिर समयभन्दा एक साताअघि तानिएको छ । 

याम थापा निर्देशित उक्त फिल्म पुस २१ मा देशव्यापी रूपमा आउने भएको छ । निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले रिलिज मिति घोषणासँगै एक गीत पनि सार्वजनिक गरेको छ ।

दीपक शर्माको संगीत रहेको ‘चिपक चिपक...’ बोलको गीतमा केकी र नाजिर फिचरिङ छन् । नरहरि प्रेमी र सुमिना लोको गायन रहेको गीतको रचनाकार राजेन्द्र थापा हुन् भने विक्रम स्वाँरले नृत्य निर्देशन गरेका हुन् । प्रेमकथामा आधारित ‘राज्जा रानी’ लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार