अर्थ/वाणिज्य

आर्थिक समृद्धि उपसमितिमा चौधरी

- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २५, २०७४-

नेपाली कांग्रेसले आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिको संयोजकमा विनोद चौधरीलाई नियुक्त गरिएको छ । फोब्र्स पत्रिकाको अर्बपति सूचीमा रहेका चौधरी केही अघि मात्रै कांग्रेस प्रवेश गरेका हुन् । उनी कांग्रेसको समानुपातिक सांसदको सूचीमा समेत परेका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक बालकृष्ण खाँडले आसन्न निर्वाचनका सन्दर्भमा उनलाई उक्त उपसमितिको संयोजक तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार