अर्थ/वाणिज्य

चाकेखोलाको उत्पादन राष्ट्रिय प्रसारणमा

- कान्तिपुर संवाददाता , रामेछाप
आयोजनाबाट उत्पादित २.८३ मेगावाट बिजुली ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिएको हो

कार्तिक २५, २०७४-चाकेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रामेछापको चुचुरे लहरेदेखि दोलखाको जिरीसम्म निर्मित ३३ केभी प्रसारण लाइनमार्फत उक्त आयोजनाको विद्युत् जिरी सबस्टेसनमा जोडिएको हो । 

आयोजनाका इन्जिनियर विशाल कार्कीका अनुसार आयोजनाबाट उत्पादित २.८३ मेगावाट विद्युत् सफलतापूर्वक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनीमार्फत ०७० वैशाखदेखि उक्त आयोजनाको निर्माण सुरु भएको थियो । चुचुरेको चाकेखोलाको पानीलाई २ हजार ७ सय मिटर नहर र करिब १ हजार ६ सय मिटर पेनस्टक पाइपमार्फत लहरेटारमा निर्माण भएको उत्पादनगृहमा खसाली उक्त विद्युत् उत्पादन गरिएको हो । उक्त आयोजनाबाट हिउँदयाममा करिब डेढ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनाका प्रबन्ध निर्देशक अरुणकुमार सुवेदीका अनुसार उक्त आयोजनाको लागत करिब ६० करोड रुपैयाँ रहेको छ । आयोजनाको सिभिलतर्फको कार्य करिब २ महिनाअघि नै सकिएको थियो । सामान्य प्राविधिक समस्याका कारण उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न समय लागेको हो । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्नेछ । 

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार