प्रदेश

हिमपातले जनजीवन कष्टकर

- कान्तिपुर संवाददाता , दार्चुला

कार्तिक २५, २०७४-ब्यासका बस्तीमा बिहीबार साँझ हिमपात सुरु भएको छ । उच्च हिमाली भेगको हिमपातले चिसो बढदा जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । 

ब्यास गाउँपालिका १ तिंकर र छाङ्गरु तथा उच्च भेगहरूमा बाक्लो हिमपात भएको प्रहरीले जनाएको छ । मौसममा एक्कासि परिवर्तन आउँदा बदली भई अपीहिमाल गाउँपालिकाका उच्च भागमासमेत हिमपात भएको स्थानीयले बताए । बिहीबार ५ बजेपछि हिमपात भएको र शुक्रबार दिनभर मौसम सफा रहेको छ । हिमपातपछि अत्यधिक चिसो बढेको स्थानीय बताउँछन् । गाउँमाथिका अग्ला डाँडामा यसअघि नै हिमपात भए पनि गाउँ क्षेत्रमा भने पहिलोपटक पुगेको हो । हिमपात भएपछि मंसिर १० हुने प्रतिनिधि र प्रदेशसभा चुनावसम्म मतदाताले चिसो सहनुपर्ने बाध्यता छ । चिसो बढेसँगै ती क्षेत्रका मतदान केन्द्रमा निर्वाचन प्रभावित हुने देखिएको स्थानीयको भनाइ छ । अझै मतदान हुने दिन आउन अढाइ साता बाँकी रहेकाले मंसिर १० गतेसम्म बाक्लो हिमपात हुन सक्ने सम्भावना रहेको स्थानीय जितसिंहले बताए ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार