प्रदेश

हतियार र गाँजासहित ५ पक्राउ

  • छोटकरी
- कान्तिपुर संवाददाता , जनकपुर

कार्तिक २५, २०७४-जिल्ला प्रहरी धनुषाले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हातहतियारसहित पक्राउ परेका नगरपालिका ८ का सकुर मिया र अनिल पासवानलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

यस्तै अवैध लागूऔषध गाँजासहित तीन जनालाई जिल्ला प्रहरीले नियन्त्रणमा लिएको थियो । १० किलो गाँजासहित पक्राउ परेका गणेशमान चारनाथ नपा ३ की कलसियादेवी महरा, देवेन्द्र महरा र रामअवतार महरालाई पनि सार्वजनिक गरेको छ । अवैध हतियारसहित पक्राउ परेका दुई जनामाथि हातहतियार खरखजाना ऐनअन्तर्गत र तीन जनाामथि लागू औषधिसम्बन्धी मुद्दा चलाइने प्रहरीले 

जानकारी दियो । 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार