प्रदेश

६२ जनाको आँखा शल्यक्रिया

  • छोटकरी
- कान्तिपुर संवाददाता , ताप्लेजुङ

कार्तिक २५, २०७४-नेपाल नेत्र ज्योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङद्वारा सञ्चालित नि:शुल्क आँखा शिविरमा ६२ जनाको शल्यक्रिया गरिएको छ । ५९ को मोतिविन्दु र ३ जनाको साधारण शल्यक्रिया गरिएको उपचार केन्द्रका इन्चार्ज काजी गुरुङले बताए । धनकुटा आँखा अस्पतालको प्राविधिक सहयोगमा लुम्बिनी रण अम्बिका आँखा अस्पताल भैरहवाका डा. सुशीला पट्टेलले शल्यक्रिया गरेकी थिइन् । १९ गतेदेखि सञ्चालित शिविरमा ३ सय ३८ आँखाका बिरामीको उपचार गरिएको गुरुङले जानकारी दिए । डिचेन डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङले प्रत्येक ६–६ महिनामा शिविर चलाउँदै आएको छ ।

 

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार