प्रदेश

सुरु भएन मतदाता शिक्षा

- कान्तिपुर संवाददाता , पाँचथर

कार्तिक २५, २०७४-पहिलो चरणको निर्वाचन आउन अब मात्र १६ दिन बाँकी छ । र, पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको छैन । निर्वाचन कार्यालयले मंसिर १० गते हुने चुनावका लागि मतदाता शिक्षा सुरु गर्न नसक्दा सर्वसाधारण अन्योलमा छन् ।

मतदाता शिक्षा सामग्री छपाइ तथा आपूर्तिमा ढिलाइ भएकाले कार्यक्रम गर्न नसकेको हो । यसका लागि निर्वाचन आयोगले तालिम र प्रचार सामग्री पठाए पनि गाउँगाउँबाट सहभागी आउन र सूचना सञ्चार गर्न ढिला हुँदा समयमै सूचना दिन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १ लाख २५ हजार २ सय १९ मतदाता छन् । जिल्लाको एक नगर र ७ गाउँपालिकामा एक सय एक मतदानस्थल र एक सय ६५ मतदान केन्द्र तोकिएको छ । मतदाता शिक्षाका लागि हरेक मतदान केन्द्रमा एक निर्वाचन शिक्षा कार्यकर्ताको नेतृत्वमा स्वास्थ्य स्वयंसेविकालाई खटाइने कार्यालयले जनाएको छ ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार