खेलकुद

ब्वाइज युनियन विजेता

- डिल्लीराम खतिवडा, उदयपुर

कार्तिक २५, २०७४-ब्वाइज युनियन क्लब काठमाडौंले छैटौं नारदमुनि गोल्डकप फुटबलको शुक्रबार फाइनलमा रूपन्देही ११ लाई २–० ले पराजित गर्दै उपाधि जितेको छ ।

विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाए । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित नारदमुनि रंगशालामा खेलको २४ औं मिनेटमा ब्वाइज युनियनका विदेशी खेलाडी अबाले गोल गरे । ३६ औं मिनेटमा आशिक थापाले ब्वाइज 

युनियनको अग्रतालाई दोब्बर बनाए । उनले पेनाल्टीमा गोल गरेका थिए । निर्धारित ८० मिनेटको खेलमा रूपन्देहीबाट कुनै गोल हुन सकेन । 

म्यान अफ द म्याच ब्वाइज युनियनका सौजन राई भए । उनले ६ हजार पुरस्कार पाए । उत्कृष्ट खेलाडी रूपन्देहीका दीपक राई घोषित भए । उनले ५ हजार पाए । सर्वाधिक गोलकर्ता ब्वाइज युनियनका विदेशी खेलाडी मेडो भए । ३ गोल गरेका उनी ५ हजारबाट पुरस्कृत भए । 

बसाहा क्लबले चौदण्डीगढी नगरपालिकाको संयोजन र गज्जब चाउचाउको प्रायोजनमा गत आयोजना गरेको गोल्डकपमा ८ टोलीले भाग लिएको क्लब अध्यक्ष शेखर राईले बताए । 

प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङको स्मृतिमा २०६९ सालदेखि गोल्डकप फुटबल गरिएको मूल आयोजक समितिका संयोजक भीम बान्तावाले बताए ।

 

प्रकाशित: कार्तिक २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार