हेलो शुक्रबार

साओमीको नयाँ अपरेटिङ सिस्टम

  • हेलो टेक
- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २४, २०७४-चिनियाँ स्मार्टफोन निर्माता साओमीले एन्ड्रोइड अपरेटिङ सिस्टमको कस्टोमाइज भर्सन आफ्नो रोम एमआईयूआई नाइन सार्वजनिक गरेको छ । यसले पछिल्लो पटक प्रयोगकर्ताले चलाइरहेको एट भर्सनलाई विस्थापित गर्नेछ ।

यसै साता नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको साओमीले यो सबै प्रयोगकर्ताका लागि केही पछि उपलब्ध गराउने जनाएको छ । अहिले यसको बेटा भर्सन सार्वजनिक गरिएको हो । एचआईयूआई नाइनमा स्प्लिट स्क्रिन, सुधारिएको नोटिफिकेसन, एनिमेटेड आइकनजस्ता फिचर थपिएका छन् ।

सन् २०१४ मा बजार पठाइएको रेडमी फोजी, एमआई फो, एमआई नोटसहित रेडमी टुजस्ता डिभाइसमा पनि नयाँ अपरेटिङ सिस्टम सपोर्ट गर्नेछ । 

 

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार