हेलो शुक्रबार

स्मार्टफोनको बिक्री उच्च

  • हेलो टेक
- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २४, २०७४-यो वर्षको अगस्टदेखि अक्टोबरको बीचमा स्मार्टफोनको बिक्री बढेको एक अनुसन्धानले देखाएको छ । बजार अनुसन्धान गर्ने कम्पनी काउन्टर प्वाइन्टको प्रतिवेदनमा यो तीन महिनाको अवधिमा मात्रै स्मार्टफोनको बिक्री ४० करोड पुगेको छ ।

यो अन्य वर्षका यही अवधिको तुलनामा अत्यधिक भएको रिपोर्टमा उल्लेख छ । अनुसन्धानले पछिला वर्षमा स्मार्टफोनको बिक्री वार्षिक ५ प्रतिशतले बढेको जनाएको छ । यस्तै, बजारमा चिनियाँ कम्पनी ओप्पो, साओमी, भिभो र हवावेको वर्चस्व बढिरहेको पनि औंल्याइएको छ । यही अवधिमा सामसुङ, एप्पल र एलजीको बिक्री पनि थोरै बढेको प्रतिवेदनमा भनिएको छ ।

स्मार्टफोनको ७५ प्रतिशत बजार १० कम्पनीको हातमा रहेको र बाँकी स्मार्टफोन ६ सय बढी कम्पनीमा बाँडिएको तथ्य प्रतिवेदनले उजागर गरेको छ ।

 

प्रकाशित: कार्तिक २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार