कोपिला

एकखुट्टे दौड

  • खेल खेलौं
- कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक १९, २०७४-यो खेल खेल्दा एक पटकमा १० देखि १२ जना बालबालिका सहभागी हुन सक्छन् । सहभागी खेलाडीको उमेर ८ देखि १२ वर्षको भए राम्रो मानिन्छ । यो खेलका लागि ५० मिटर लामो मैदान आवश्यक हुन्छ ।

खेल्ने तरिका 

यो खेलमा सहभागी खेलाडीहरूलाई उनीहरूको संख्या हेरी एउटा समूहमा २ जना पर्ने गरी ५ देखि ६ समूहमा विभाजन गर्नुपर्छ । यसरी विभाजित समूहलाई क्रमैसँग निर्धारित दूरीसम्म एउटा खुट्टा उठाएर (चित्रमा देखाएजस्तै) दौडिन लगाउनुपर्छ । यसरी दौडिँदा जुन खेलाडीले सबैभन्दा पहिले निर्धारित दूरी पूरा गर्छ । त्यो खेलाडी अर्को चरणमा प्रवेश गर्छ । सबै समूहबाट अर्को चरणको लागि खेलाडी छनोट भइसकेपछि उनीहरूबीच फाइनल खेल खेलाई विजेता घोषित गर्न सकिन्छ । यसरी दौदिँदा कुनै खेलाडीले आफूले उठाएका एउटा खुट्टा कुनै पनि कारणले भुइँमा टेकेमा उक्त खेलाडी अयोग्य मानिन्छ । 

प्रकाशित: कार्तिक १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार