क्षेत्रीय

शैक्षिक सामग्री अलपत्र

- कान्तिपुर संवाददाता , सल्यान

आश्विन ३०, २०७४-शारदा नगरपालिका ३ सिरुवारस्थित बीपी स्मृति विद्यालय विद्यार्थीविहीन भएपछि खड्गदेवीमा प्रावि दुई वर्षअघि समायोजन गरिएको थियो । विद्यालय समायोजन भए पनि बीपी स्मृतिका सामग्री र अचल सम्पत्ति अलपत्र परेका छन् । अहिले बालशिक्षा सञ्चालन गरिए पनि संरक्षण अभावमा फर्निचर, भवनलगायत सबै सामग्री अलपत्र छन् । त्यहाँका कागजपत्र र पाठयपुस्तक मुसाले खाइदिएको छ । अन्य सामग्री पनि जीर्ण बन्दै गएका छन् । स्थानीयले संरक्षणमा चासो नदेखाएका कारण समस्या भएको व्यवस्थापन समिति अध्यक्ष गंगाराम बिष्टले बताए । 

 

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार