देश

फिदिम बसपार्क प्रयोगविहीन

- कान्तिपुर संवाददाता , पाँचथर

आश्विन ३०, २०७४-फिदिम नगरपालिका–२ पल्लोटारमा निर्मित बसपार्क प्रयोगविहीन छ । व्यवसायीले गाडी पार्किङ नगर्दा १८ वर्षअघि निर्माण गरिएको बसपार्क बेकामेझंै भएको हो ।

पटक–पटक उद्घाटन गरिए पनि प्रयोगमा नआउँदा लगानी खेर गएको छ । स्थानीयवासीले नगर विकास समितिलाई ९ रोपनी जग्गा नि:शुल्क प्रदान गरेपछि बसपार्क निर्माण गरिएको थियो । भौतिक पूर्वाधार निर्माणका लागि फिदिम नगरपालिका र नयाँ सहर आयोजनाले करोडौं खर्चिएका छन् । 

बस पार्क बनाउन स्थानीय टंकप्रशाद अधिकारीलगायत ८ जना स्थानीयवासीले १ करोड ९ लाख रुपैयाँ बराबरको जग्गा नगर विकास समितिलाई रजिस्ट्रेसन पास गरिदिएका थिए ।

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार