देश

‘प्रहरी हाम्रो टोलमा’ प्रभावकारी

- कान्तिपुर संवाददाता , प्युठान

आश्विन ३०, २०७४-प्रहरीले सञ्चालन गरेको ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रम प्रभावकारी बनेको छ । यसले गाउँमा शान्तिसुरक्षा कायम रहने सर्वसाधरणको अपेक्षा छ । यसअन्तर्गत गाउँमा गठन गरिएका नागरिक सुरक्षा समन्वय समितिले अपराध रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न थालेको गाउँका अगुवाले बताए । 

गाउँमा शान्ति सुरक्षा कामय गर्न मद्धत पुर्‍याएको नौबहिनी गाउँपालिका–६ बाहानेका स्थानीय शंकर केसीले बताए । शनिबार उत्तरी प्युठानको बाहाने र डाम्रीमा सुरक्षा अवस्थाबारे स्थानीयसँग छलफल गरी समन्वय समिति गठन गरिएको छ । यसअघि जिल्लाका ढुंगेगढी र बाग्दुलामा समिति गठन भइसकेका छन् ।

 

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार