देश

न्यायाधीश अभाव

  • छोटकरी
- कान्तिपुर संवाददाता , गुलरिया

आश्विन ३०, २०७४-जिल्लामा न्यायाधीश नहुँदा अदालती कारकारबाही प्रभावित हुन पुगेको छ । कार्यरत दुई न्यायाधीश सरुवा भएपछि नयाँ आइपुगेका छैनन् । गत भदौ २८ गते जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा र न्यायाधीश रमेश पौडेलको सरुवा भएको थियो । यहाँका लागि तोकिएका जिल्ला न्यायाधीश किरणकुमार पोखरेल उपस्थित भएका छैनन् । अदालतका स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले सरुवा भई आउने जिल्ला न्यायाधीश पोखरेलका पिताको असामयिक निधन भएकाले तिहारपछि आउने बताए ।

 

प्रकाशित: आश्विन ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार