हेलो शुक्रबार

गुगलको पिक्सेल बड्स

  • हेलो टेक
- कान्तिपुर संवाददाता

आश्विन २७, २०७४-गुगलले दुई साताअघि पिक्सेल बड्स नाम दिएर वायरलेस हेडफोन सार्वजनिक गरेको छ जसले अंग्रेजीबाट ४० भाषामा रियल टाइम अनुवाद गर्न सक्छ । यसलाई एन्ड्रोइड वा नेक्सस डिभाइसमा कनेक्ट गरी गुगल ट्रान्सलेटमार्फत अनुवाद गर्न सकिन्छ । सुरुवाती चरणमा भने ५ भाषा मात्रै सपोर्ट गर्ने गुगलले जनाएको छ । गुगल ट्रान्सलेटमा १०३ भाषाबीच अनुवाद गर्ने सुविधा रहेकाले चाँडै अन्य भाषा पनि यसमा अटाउन सक्छन् ।

पिक्सेल बड्सको प्रि–अर्डर खुला रहे पनि यो नोभेम्बरदेखि मात्रै बजारमा उपलब्ध हुनेछ, त्यो पनि सीमित देशहरूमा । गुगल इभेन्टमा पिक्सेल टु र पिक्सेल टु एक्सएल स्मार्टफोनसहित अन्य डिभाइस पनि सार्वजनिक गरेको थियो । तर, पिक्सेल बड्सको आगमन भने विशेष रह्यो । 

पिक्सेल बड्सले ट्रान्सलेसनको बीचमै गुगल असिस्टेन्टको प्रयोग गर्नसमेत दिनेछ भने प्रयोगकर्ताले गुगल असिस्टेन्टको सबै सुविधा पिक्सेल बड्समार्फत प्रयोग गर्न पनि सक्छन् ।

 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार