देश

सवारी अनुमतिपत्र खुला

  • छोटकरी
- कान्तिपुर संवाददाता , नेपालगन्ज

आश्विन २७, २०७४-यातायात व्यवस्था कार्यालय नेपालगन्जले ६ महिनापछि कार, जिप र मोटरसाइकलबाहेक अन्य सवारी साधनको सवारी अनुमतिपत्रका लागि आवेदन खुला गरेको छ । तत्कालीन कार्यालय प्रमुख उपसचिव पवन सुवेदीसहित १४ कर्मचारी निलम्बनमा परेपछि लामो समयसम्म सवारी साधन अनुमतिपत्रको आवेदन खुल्न सकेको थिएन । कार्यालयले अहिले अटो रिक्सा, मिनिबस, मिनिट्रक, ट्रक, बस, ट्याम्पो, डोजर, लोडर, दमकल र एक्साभेटर लगायतको अनुमतिपत्रको आवेदन खोलेको शाखा अधिकृत चेतनकुमार 

खत्रीले बताए । 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार