देश

उपचारबाट वञ्चित

- कान्तिपुर संवाददाता , जाजरकोट

आश्विन २७, २०७४-कुशे गाउँपालिका–९ पैंकस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य सहायक रामसिंह मण्डल एक महिनादेखि अनुपस्थित छन् । ६ जनाको दरबन्दी भएको चौकी अहिले अनमीको भरमा सञ्चालित छ । स्वास्थ्यकर्मी नहुँदा कुशे गाउँपालिकाको जिन्ताला, थानबाडा, मेलमिसाऊ, चौराँटा, बिजुलीडाँडा, चाल्ना कफल्ला, लाँता र रिजापाहाडालगायत गाउँका स्थानीय दैनिक उपचार सेवा पाउनबाट वञ्चित भएको बताउँछन् । चौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि खलंगा आउन बाध्य भएको स्थानीय भूमबहादुर रोकायले बताए । 

प्रकाशित: आश्विन २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार