देश

भालुको आक्रमणबाट ३ घाइते

  • छोटकरी
- कान्तिपुर संवाददाता , डोल्पा

आश्विन २२, २०७४-त्रिपुरासुन्दरी नगरपालिका ४ रंगमा भालुको आक्रमणबाट २४ वर्षीय रनबहादुर बुढा र १४ वर्षीय मनिराम बोहरा घाइते भएका छन् । घाइते बोहराको अवस्था गम्भीर छ । शुक्रबार भेडा गोठालो गएको बेला भालुले आक्रमण गरेको प्रहरीले जनायो । यस्तै त्रिपुरासुन्दरी नगरपालिका ३ जिउ जंगलमा गाई चराउन गएका बेला भालुले आक्रमण गर्दा मुडेचुला ७ का विष्णुरूप ठकुल्ला घाइते भएका छन् ।

 

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार