खेलकुद

गैंडा संरक्षणका लागि फुटबल

- नवीन पौडेल, नवलपरासी

आश्विन २१, २०७४-एकसिंगे गैंडा संरक्षण र जनचेतनाका लागि नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा राष्ट्रियस्तरको १४ औं राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । 

सर्वाधिक धनराशिको पुरस्कार रहेको प्रतियोगितामा विभागीय टिमहरूको पनि सहभागिता रहने छ । ‘संरक्षण चेतनाका लागि खेलकुद भन्ने’ नारासहित कात्तिक १० देखि हुने प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस सहित ‘ए’ डिभिजनका क्लब सहभागी हुने प्रतियोगिता आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता मूल समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी गराए । 

लोपोन्मुख गैंडाबारे जानकारी दिने तथा प्रतियोगिता अवधिभर वन, वातावरण र वन्यजन्तु संरक्षणको उद्देश्य जानकारी गराइने संरक्षणकर्मी विष्णु अधिकारीले बताए । 

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । २०६७ सालदेखि उपभोक्ता समितिले निरन्तर गोल्डकप गर्दै आएको छ । स्पर्धाका लागि ६५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । गत वर्ष ३ लाख २५ हजार पुरस्कार राखिएको प्रतियोगितामा यस वर्ष ५ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पुर्‍याइएको छ । गत वर्ष राइनो कप ब्वाइज युनियन काठमाडौंले जितेको थियो ।

 

प्रकाशित: आश्विन २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार