हेलो शुक्रबार

ट्वीटरको पनि लाइट एप

  • हेलो टेक
- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २०, २०७४-माइक्रो ब्लगगिङ साइट ट्वीटरले कम डाटा खपत गर्ने र टुजी नेटवर्कमा पनि चल्ने लाइट भर्सनको मोबाइल एपको परीक्षण थालेको हो । उसले अहिले फिलिपिन्सका प्रयोगकर्तामाझ यस्तो परीक्षण गरिरहेको जनाएको छ ।

ट्वीटरको लाइट एप एक एमबीभन्दा सानो साइजको र ७० प्रतिशत कम डाटा खपत गर्ने कम्पनीले जनाएको छ । यसलाई डाटाबाट इन्स्टल गर्दा पनि तीन एमबीभन्दा कम डाटा खपत हुने कम्पनीको दाबी छ ।

स्लो स्पिड डाटा भएको स्थानका प्रयोगकर्तालाई लक्षित गरी चाँडै एप सार्वजनिक गर्ने कम्पनीको योजना छ । ट्वीटरले यही वर्ष अप्रिलको पहिलो साता मोबाइल वेबका लागि लाइट भर्सन सार्वजनिक गरेको थियो । यसअघि फेसबुकले पनि आफ्नो एप र म्यासेन्जरको लाइट भर्सन सार्वजनिक गरिसकेको छ । 

 

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार