हेलो शुक्रबार

आईओएस ११

  • हेलो टेक
- कान्तिपुर संवाददाता , काठमाडौं

आश्विन २०, २०७४-तीन नयाँ आइफोन सार्वजनिक गरेको एक सातापछि एप्पलले आफ्नो अपरेटिङ सिस्टम आईओएसको ११ औं भर्सन सार्वजनिक गरेको छ । विश्वभरका प्रयोगकर्ताले यो सपोर्ट गर्ने डिभाइसमा अपडेट गर्न सक्छन् । एप्पलका अनुसारका आईओएस ११ मा नयाँ डिजाइन थपिएका छन् जुन भर्खरै सार्वजनिक भएको आइफोन टेनमा उपलब्ध छ ।

आईओएस ११ मा कन्ट्रोल सेन्ट्रल, लक स्क्रिनसहित सेटिङ फिचरमा केही परिवर्तन ल्याइएको छ । जसमा डु नट डिस्टर्ब मोडसहित अन्य फिचरहरू छन् । साथै, क्यामेरामा पोट्रेट फोटोका लागि केही फिचर सुधारिएका छन् । सिरीलाई अनुवाद गर्नसमेत सक्ने बताइएको छ । आइफोन सेभेन, सेभेन प्लस, सिक्स एस, सिक्स एस प्लससहित, सिक्स, सिक्स प्लस, आइफोन एसई र फाइभ एस प्रयोगकर्ताले नयाँ आईओएस अपडेट गर्न सक्नेछन् ।

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार