क्षेत्रीय

तीन युवक लुटिए

- कान्तिपुर संवाददाता , सल्यान

भाद्र २९, २०७४-भारतको पौडी गडवालबाट मजदुरी गरी दसैं मनाउन घर फर्कंदै गरेका कुमाखमालिका ५, मर्मपरिकाँडाका तीन युवा लुटिएका छन् । कञ्चनपुरको व्रह्मबजारमा लुटिनेमा देवबहादुर राना, नन्दराम राना र दलवीर राना रहेको प्रहरीले जनाएको छ । मादक पदार्थमा बेहोस हुने औषधि मिसाएर खुवाई तीन जनाबाट ८५ हजार भारतीय रुपैयाँ लुटिएको स्थानीय गंगाराम रानाले बताए । बेहोस भएका तीनजनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य हुँदै गएको उनले जनाए । ९ जनाको समूह बनाएर भारतबाट फर्किंदै गर्दा रात परेपछि भारतको टनकपुर बजार पुगेर बास बसेका उनीहरूलाई लुटेरा समूहले मादक पदार्थ सेवन गराएका थिए । लुटपाटमा संलग्नहरू नेपाली नै भएको रानाको भनाइ छ । 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार