क्षेत्रीय

भत्ता वृद्धिको विरोध

  • छोटकरी
- कान्तिपुर संवाददाता , सल्यान

भाद्र २९, २०७४-बन्गाड कुपिण्डे नगरपालिकाले स्थानीय कर्मचारीको मात्र ५० प्रतिशत भत्ता वृद्धि गरेपछि कृषि, पशु, स्वास्थ्य, हुलाकका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले विरोध जनाएका छन् । स्थानीय तहमा समायोजन भएका सबै सरकारी कर्मचारीलाई समान सुविधा हुनुपर्ने उनीहरूको माग छ । नगरपालिकाले कर्मचारीको भत्ता वृद्धि नगरे आन्दोलनमा उत्रने र काम ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । आन्दोलनका लागि तीनवटै शिक्षक संगठन तथा कर्मचारी एकजुट भएको असन्तुष्ट कर्मचारीको भनाइ छ । एकीकृत नेपाल शिक्षक संघका नगर संयोजक गणेश चन्दले नगरपालिकाका कर्मचारीभन्दा बढी काम गरे पनि बेवास्ता गर्दा शिक्षकलगायत अन्य कर्मचारी मर्कामा परेको बताए ।   

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार