क्षेत्रीय

असिनाले क्षति पुगेकालाई राहत

  • छोटकरी
- कान्तिपुर संवाददाता , संखुवासभा

भाद्र २९, २०७४-पाँचखपन नगरपालिका १ का असिना पीडितलाई राहत वितरण गरिएको छ । १२६ परिवारलाई २ लाख २६ हजार ८ सय राहत वितरण गरिएको नगर प्रमुख विपिन राईले बताए । गत चैत २० मा परेको असिनाले १ नम्बर वडाका किसानका लाखौंको बाली, तरकारी नष्ट भएको थियो । 

केही चौपाया मरेका थिए । पीडित परिवारलाई सांसद दीपक खड्काले १ लाख नगद सहयोग गरेका थिए । कांग्रेस नगर एकाइ समितिबाट १ लाख १ हजार र महिला संघले संकलन गरेको २५ हजारको खाद्यान्न सहयोग गरिएको राईले बताए ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार