क्षेत्रीय

मनाइयो जितिया

  • छोटकरी
- कान्तिपुर संवाददाता , जनकपुर

भाद्र २९, २०७४-जितिया पर्वको दोस्रो दिन बुधबार व्रतालु महिलाहरूले जिमुतवाहन भगवान्को कथा श्रवण गरेका छन् । बिहीबार भने उपवास तोड्दै ३ दिवसीय पर्व समापन गरिन्छ । मंगलबार ताल, पोखरीमा स्नान गरी माछ–मरुवा (कोदो) खाइएको थियो । यसलाई नहाय खाय भनिन्छ । बुधबार बिहान काग कराउनुअघि आफ्ना पितृहरूलाई प्रसाद चढाइ चिउरा, दही, अमोट (आँपको सुकुटी) खाने चलन छ । जिमुतवाहन कथा श्रवणका लागि गंगासागरमा व्रतालु महिला भेला भएका थिए । यसैगरी जनकपुरको धनुषसागर तथा महाराजसरलगायत पोखरी तथा दूधमती, कमला, जमुनी र जलाद नदीकिनारमा पनि कथा श्रवणका लागि उल्लेख्य व्रतालु महिला उपस्थित भएका थिए ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार