पाठक मञ्च

सहयोगको अपिल

भाद्र २९, २०७४-सिन्धुपाल्चोक जिल्ला बलेफी गापा वडा नं.– ७ स्थायी घर भई हाल मण्डिखाटार काठमाडौंमा डेरा गरी बस्ने म केशवप्रसाद पराजुली विगत तीन–चार महिनादेखि मृगौला रोगले ग्रसित छु । डाक्टरको सल्लाहअनुसार जतिसक्दो छिटो मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि करिब १५–१६ लाख रुपैयाँ लाग्छ । मेरो घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएको हुँदा उपचारका लागि आवश्यक रकम जम्मा गर्ने सामथ्र्य मसँग छैन । आजसम्मको उपचार खर्च पनि आफन्तजनहरूबाट ऋण लिएर गरिरहेको छु । म बिरामी परेबाट मेरा स–साना दुई बालबच्चा र श्रीमतीको बिचल्ली भएको छ । उनीहरूको लागि पनि म बाँच्न चाहन्छु । तसर्थ देश–विदेशमा रहनुभएका सहयोगी व्यक्ति तथा संघ–संस्थासँग सहयोगको अपेक्षा गरेको छु । मलाई सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाले प्रभू बैंकमा रहेको खाता नं. ००६०१०००७८३८७७०००००१ वा ००६०१०००९२११८१०००००१ मा आफूले सकेको रकम जम्मा गरी सहयोग गरिदिनु हुन अनुरोध गर्छु साथै ९८४१९८१२१८ वा ९८४९२८६७२३ मा सम्पर्क गरी थप जानकारी लिन सकिनेछ ।

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार