पाठक मञ्च

पेन्सन सुविधा अमर्यादित

भाद्र २९, २०७४-आफ्नो हातमा डाडु–पन्यु छ भन्दैमा मनपरी गर्न मिल्छ र ? तर यहाँ यस्तै पारा देखिएको छ । विशिष्ट व्यक्तिलाई राज्यबाट सुविधा दिँदै आएको अवस्थामा पूर्व सांसदलाई पनि पेन्सन सुविधा दिने विधेयकको अन्तिम रूपरेखा तयार हँुदा सारा नागरिक छक्क परेका छन् । राज्यबाट सुविधा त्यस्ता व्यक्तिलाई दिनुपर्छ, जसले राज्यको गरिमालाई उचाइमा लगेको होस् । भर्खर लमजुङका ठाडो भाका गायक भेँडीखर्के साइँला (दीर्घराज अधिकारी) को उपचार गर्न रकमको अभावले मृत्यु भयो । लोकसंस्कृति, लोकभाका, लोकपरम्परालाई जीवित राख्ने व्यक्तित्व राज्यको गहना हुन् । उनलाई सम्मानसाथ राज्यले चिन्न सक्नुपर्छ । यस्ता व्यक्तित्वलाई आजीवन पेन्सन, औषधि–उपचार तथा विभिन्न क्षेत्रमा नि:शुल्क सेवा प्रदान गर्दा कसैले विरोध गर्दैनन् र राज्यले देशको धरोहरलाई सुविधान दिनैपर्छ । विगतमा देशका यस्ता थुप्रै गहनाको उपचार गर्न नसक्दा मृत्यु भएको छ, तर राज्य टुलुटुलु हेरेर मात्र बसेको छ । अझ पनि ओझेलमा रहेको लोकभाकालाई जोगाइराखेका व्यक्तित्व, देशको संस्कृतिलाई उचाइमा पुर्‍याउने कवि, साहित्यकार, नाट्यकर्मी, शिल्पकार, समाजसेवी आदिलाई खोज्न जरुरी छ र तिनको स्थितिलाई पहिचान गरी राज्यले स–सम्मान सुविधा र पेन्सन दिनु उपयुक्त हुन्छ । 

– प्रमोद पौडेल

श्रीपुर–१४, वीरगन्ज

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार