अर्थ/वाणिज्य

विद्युतीय कार्डबाट हवाई टिकट किन्न पाइने

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-बुद्ध एयरको टिकट खरिद गर्न नेपालीले पनि भिसा र मास्टरकार्ड प्रयोग गर्न सक्ने भएका छन् । बुद्धका १२ आन्तरिक र २ अन्तर्राष्ट्रिय रुटको टिकट डेबिट कार्ड प्रयोग गरी बेबसाइटबाटै किन्न सकिने भएको हो । 

हिमालयन बैंकले सञ्चालन गरेको ई–कमर्स पेमेन्ट गेट–वेको मद्दतले बुद्ध एयरको टिकट खरिद गर्न पाइनेछ । ‘झञ्झटबिनै घर, कार्यालय वा जतासुकैबाट हाम्रो वेबसाइटबाटै टिकट खरिद गर्न सकिनेछ,’ मार्केटिङ निर्देशक रूपेश जोशीले भने । यसअघि यो सुविधा विदेशी यात्रुलाई मात्रै थियो भने ई–सेवामार्फत मात्रै टिकट खरिद गर्न सकिन्थ्यो । 

भिसा तथा मास्टरकार्डको मद्दतले नेपालीसहित भारतीय, शरणार्थी तथा लामो समयसम्म नेपालमै बस्ने यात्रुले पनि नेपाली रुपैयाँमै टिकट खरिद गर्न सक्नेछन् । अन्य मुलुककाले भने डलरमा खरिद गर्नुपर्ने हुन्छ । 

हाल बुद्धले आन्तरिकबाहेक भारतको वाराणसी नियमित र भुटानको पारो चार्टर उडान गर्दै आएको छ ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार