क्षेत्रीय

प्रसूतिमा थप शय्या

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-शय्या अभावका कारण थापाथलीस्थित प्रसूतिगृहमा बिरामीले पेटीमै सुत्नुपर्ने समस्याको अस्थायी समाधान भएको छ । अस्पतालले तत्कालै २० वटा शय्या थपेपछि सुत्केरीले पेटीमै सुत्नुपर्ने समस्या पार लागेको हो । यसअघि अस्पतालमा न्यून शय्याका कारण सुत्केरीले शय्या नपाउने, बिरामीले पेटीमै बसेर भए पनि उपचार गराउनुपर्ने बाध्यता थियो । भूकम्पका कारण प्रसूतिगृहको मुख्य भवन कामै नलाग्ने गरी भत्किएपछि शय्या राख्ने ठाउँको अभाव छ । 

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार