देश

पुल पुनर्निर्माण गरिने

  • छोटकरी
- कान्तिपुर संवाददाता , रामेछाप

भाद्र २९, २०७४-बाढीले बगाएको जिल्लाको खिम्तीस्थित छतिवने खोलाको पुल पुनर्निर्माण गरिने भएको छ । जापान सरकारको सहयोगमा २ वर्षअघि बनेको उक्त पुल गत असारमा आएको बाढीले बगाएपछि खिम्ती–बेताली सडक खण्डको यातायात सेवा प्रभावित छ । खोलाबाटै जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता छ । डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनका अनुसार पुल निर्माणका लागि सडक विभागको सैद्धान्तिक सहमति दिइसकेको छ । ‘प्राथमिकता प्राप्त योजनामा राख्ने निर्णय भएको छ,’ उनले भने ।

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार