खेलकुद

बिर्ता विजयी

- कान्तिपुर संवाददाता , धनकुटा

भाद्र २९, २०७४-बिर्ता युनाइटेड झापाले बुधबार १३ औं सहिद भीमनारायण आमन्त्रण गोल्डकप फुटबलमा गोधूलि क्लब सुनसरीलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेमिफाइनल पक्का गरेको छ । 

निर्धारित समयमा दुवैबाट १–१ को बराबरी भएपछि खेल टाइब्रेकरबाट पुगेको थियो । टाइब्रेकरमा झापाका कर्ण लिम्बू, बुद्ध चेम्जोङ, रवि थापामगर र सुमिन मैनालीले गोल गरे । गोधूलिका निराजन खड्का मात्र गोल गर्न सफल भए । बिर्ताले शुक्रबार दोस्रो सेमिफाइनलमा साविक विजेता बीआरसी भुटानस‘ग प्रतिस्पर्धा गर्ने छन् । बेलबारी बिहीबार पहिलो सेमिफाइनलमा ब्वाइज युनियन काठमाडौविरुद्ध उत्रँदै छ ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार