समाचार

बाढीपीडितलाई कोरियाली सहयोग

- कान्तिपुर संवाददाता , काठमाडौं

भाद्र २९, २०७४-माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक दक्षिण कोरियाली कम्पनी कोरिया साउथ–इस्टपावरले बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बुधबार १ करोड २ लाख ५७ हजार ८ सय ७१ रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ जाई वनले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई परारष्ट्र मन्त्रालयमा भेटेर सहयोग रकम हस्तान्तरण गरे । भेटका क्रममा च्याङले २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा भूकम्पका कारण केही समस्या भए पनि दूुतगतिमा काम अगाडि बढिरहेको जानकारी गराएका थिए ।

 

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार