समाचार

हात्ती आक्रमणमा मृत्यु

  • छोटकरी
- कान्तिपुर संवाददाता , पर्सा

श्रावण २७, २०७४- हात्तीले कुल्चिँदा सुवर्णपुर गाउँपालिका–२ इच्छानगर ठोरीका रामकुमार प्रजाका ११ वर्षीय छोरा रिजनको मृत्यु भएको छ । चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीले बिहीबार बिहान कुल्चेको हो । इलाका प्रहरी ठोरीका अनुसार सुतिरहेका बालकलाई सुँडले बेरेर घरबाट करिब २० मिटर पर सडकमा लगी कुल्चेको थियो । प्रजाको २ वटा घर पनि हात्तीले भत्काएको छ । ठोरी क्षेत्रमा ५ वर्ष अघि वन्यजन्तुको प्रवेश रोक्न निकुञ्जको बाहिरी क्षेत्रमा विद्युतीय तारबार गरिए तापनि त्यो अहिले काम नलाग्ने भएको छ । दुई सातायता प्राय: रातको समयमा गाउँ छिर्ने हात्ती धपाउन अधिकांश ठोरीवासीको रात अनिदो बितिरहेको स्थानीय प्रेम लामाले बताए ।

 

प्रकाशित: श्रावण २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार