अर्थ/वाणिज्य

हिमालय ट्राभल मार्ट सकियो

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ २२, २०७४- हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धन अनि नेपाललाई यस क्षेत्रको प्रवेशद्वारका रूपमा स्थापित गर्ने लगायतका उदेश्यका साथ बिहीबारदेखि काठमाडौंमा जारी हिमालयन ट्राभल मार्ट २०१७ आइतबार सकिएको छ । 
यस मार्टमा विभिन्न अन्तर्राष्ट्रिय बजारबाट ७२ जना क्रेता तथा नेपाललगायत हिमालय क्षेत्रका ४५ बिक्रेताहरू सहभागी थिए । मार्टको पहिलो शृखंलामा जुन १ मा पार्क भिलेजमा आयोजना गरिएको थियो । ब्लर्गस र मिडिया सम्मेलन भनिएको उक्त कार्यक्रममा ९ जना ख्यातिप्राप्त वक्ताले पर्यटन बजारको विस्तारलगायतका विषयमा प्रस्तुति गरेका थिए । त्यसमा १ सय ७ मुलुकका ब्लगर, ट्राभल राइटर, पत्रकार सहभागी थिए । 
कार्यक्रमको दोस्रो दिन जुन २ तारिखका दिन सोल्टी होटलमा हिमालयन ट्राभल सम्मेलन आयोजना गरिएको थियो । हिमाली क्षेत्रको पर्यटन अन्वेषण, बजार व्यवस्थापनलगायतका विषयमा स्वदेशी तथा स्वदेशी/स्वदेशी विज्ञको प्रस्तुति रहेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पर्यटन क्षेत्रको क्षति व्यवस्थापन तथा पुन:स्थापना कार्यक्रममा सहयोग पुर्‍याउने पाटाका निवर्तमान अध्यक्ष एड्रउ जोनस, पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डी अनि संकट व्यवस्थापनविज्ञ बर्ड भ्यान वाल्बिकलाई सम्मान गरेकी थिइन् । 

प्रकाशित: जेष्ठ २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार