क्षेत्रीय

वन जोगाउन र्‍याली

- कान्तिपुर संवाददाता , कालीकोट

चैत्र ७, २०७३- सुक्खा याममा हुने आगलागीबाट वन जोगाउने अभियानअन्तर्गत महिलाले मान्ममा सचेतनामूलक र्‍याली प्रदर्शन गरेका छन् । जिल्ला वनको संयोजनमा सामुदायिक वन उपभोक्ता समिति आवद्ध महिला र्‍यालीमा सहभागी भएका हुन् । सुक्खा याम लागेपछि वनमा आगो लगाए घाँस छिटो उम्रिन्छ भन्ने सोचाइले आगो सल्काउने चलन हटाउन चेतनामूलक कार्यक्रम गरिएको हो । जिल्ला वन अधिकृत अचल ढुंगानाले आगलागी हँुदा जडीबुटी, काठ, रूख–बिरुवा नष्ट हुने बताए । वन जोगाऔं, रूख रोपौंलगायत नारा लगाउँदै ताडी, मान्म, बरातुलगायतका वन समूहका महिलाले प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।

प्रकाशित: चैत्र ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार