कोपिला

खितिती.... खितिती....

चैत्र ६, २०७३-गाउँले ग्राहक : साहुजी ! यहाँ खाने कुरा कसरी छ ?

साहुजी :     तातो खाए पाँच रुपैयाँ, चिसो खाए दस रुपैयाँ ।

ग्राहक :     त्यसो भए तातै खाऊँ ।

साहुजी :     ए केटा ! उहाँलाई एक कप चिया दे ।

    (ग्राहक चिया छिटो छिटो खान थाल्छ ।)

साहुजी :     हैन, त्यस्तो तातो चिया किन त्यति छिटो खाएको ? बिस्तारै खाए भइहाल्छ नि !

ग्राहक :     अँ, साहुजी बाठा छौ, सेलाएर खाएपछि दस रुपैयाँ लिने सुर कस्छौ ?

०००

(एउटा जँडयाहाले राति इनारभित्र चियाउँदा त्यहाँ जूनको छाया देखेछ ।)

ल, इनारभित्र कसले जून हाल्यो भनेर उसले जून झिक्न नजिकै रहेको काँटा इनारभित्र खसालेछ । काँटा इनारभित्रको कुनै इँट्टामा गएर अड्किएछ । जोडले तान्दा डोरी चुँडिएछ । जँड्याहा पछारिएछ ।

यसरी पछारिँदा उसले आकाशमा जून देखेछ । ‘आफू पछारिए पनि मैले इनारको जून झिकिछाडेँ’ भन्दै ऊ घरतिर लागेछ ।

प्रकाशित: चैत्र ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार