कोपिला

पढ्न जाऊँ

चैत्र ६, २०७३-धनीहरूका छोराछोरी स्कुल पढ्न जान्छन्

गरिबका छोराछोरी हलो जोती खान्छन् 

जानुपर्छ साथी हो स्कुल पढ्नलाई

शिक्षित बनी देश विकास गर्नलाई

दु:खीलाई सहयोग गर्ने कर्तव्य हो हाम्रो

नेपालीले नेपाललाई बनाऊँ न राम्रो

आऊ साथी सहभागी हुनलाई

टोल समाज सरसफाई गर्नलाई । 

 

सुरज केसी, कक्षा–४

प्रगति प्राथमिक विद्यालय, ललितपुर


पुस्तक

दिन्छु ज्ञान तिमीलाई नयाँ पुराना

मैले सिकाएको सभ्यता तिमी मान ।

सुधार्छु सबलाई एकएक गरी

सबजनाका हातहातमा म परी ।।

विश्वमा नै चर्चित म कस्तो

उद्यमी बनाउँछु सबलाई यस्तो ।

अन्धविश्वास ल्याउने र हटाउने दुवै 

काम गर्छु अनौठो म खुबै ।।

कहिले आँसु कहिले हाँसो म ल्याउँछु 

सबका मनमा सदा स्थान म पाउँछु ।

सभ्य र शिक्षितले सधैं माया गर्छ 

अज्ञानी र बुद्धुले मलाई हेला गर्छ ।।

खोलेर हेर्नु मेरो वदन एकपटक

सिकाउनेछु तिमीलाई अनौठो चटक ।

बालकदेखि वृद्धसम्म चर्चा मेरो चल्छ ।

सबको मगजमा नयाँ बत्ती बल्छ ।।

हेला नगर्नु कहिल्यै मलाई 

पछुताउनु पर्ला आगोमा जलाई ।

जथाभावी नफाल्नु मलाई दुरुपयोग नगर्नू

काम दिन्छु म तिमीलाई सधैंभरि जान्नू ।।

 

सुल्तान सिद्दिकी, कक्षा–९

जनजागृति माध्यमिक विद्यालय, बाग्लुङ

प्रकाशित: चैत्र ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार