हेलो शुक्रबार

लभ वाग्मती !

- सुरविन्द्रकुमार पुन

चैत्र ४, २०७३- २०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ अभियानले यही फागुन २८ मा २०० औं साता पूरा गर्‍यो । उक्त अवसरमा आयोजना गरियो ‘वाग्मती पदयात्रा’ । वाग्मती अभियानले राजधानी सहरको सुवास खोज्न भौंतारिरहेका युवालाई निकै आकर्षित गरेको देखिन्छ । पदयात्रामा सहभागी युवा संख्या त्यसको प्रमाण हो । 

चाहे त्यो स्कुल, कलेजका स्काउट टोली हुन् या विद्यार्थीको स्वयंसेवी गु्रप, वाग्मती क्लिनिङमा कलिला मनहरूको कन्ट्रिब्युसन सबैभन्दा अग्रणी पाइन्छ । ‘वाग्मती सफाइ अभियानमा युवाको हातेमालो प्रशंसनीय छ,’ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी बोर्ड मेम्बर माला खरेल भन्छिन् । 
दक्षिण कोरियाको राजधानी सियोलको मध्य भाग हुँदै बहने छङगेछङ नदीले पुनर्जीवन पाएको धेरै भएको छैन । अहिले उक्त नदी कोरियाको प्रमुख पर्यटकीय आकर्षण बनिसकेको छ । सूचना क्रान्तिको युगमा नेपाली युवाहरू संसारका हरेक चर्चित घटनाबारे जानकार छन् । तर आफ्नै देशका धरोहरहरूको बिजोगले उनीहरूको मन कटक्क खान्छ । 
मानव सभ्यताको सम्बन्ध नदी किनारसँग अन्योन्याश्रित छ । काठमाडौंको वाग्मती सभ्यताको इज्जत राख्न यतिबेला नयाँ जागरण देखिएको छ । तर यसमा युवाबाहेक अन्य वर्गले कत्तिको गम्भीरता देखाएका छन् त ? सिनामंगल निवासी अंकिता घिमिरे प्रश्न गर्छिन्– ‘हामी त हप्तैपिच्छे वाग्मतीको फोहोर उठाउँछौं तर वाग्मती छेवै बस्नेहरूचाहिँ घरको नाला र ढल सोझै मिसाइरहेका छन् । यो त बालुवामा पानी हाले बराबर होइन र ?’ 
उद्गम विन्दु बागद्वारदेखि चोभारसम्मको भ्याली सेगमेन्ट ३५ किमि छ । यसको ब्युटी जोगाउनु खासमा वाग्मती सभ्यताको खास संरक्षण हो । प्रा.डा. अभि सुवेदी लेख्छन्– ‘तर समस्या नदीमा छैन, समस्या हामीमा छ ।’ 

प्रकाशित: चैत्र ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार