कोपिला

खेल खेलौं

फाल्गुन १, २०७३- हयुमन क्रोक्वेट रिल 

यो खेल सामान्यत: १० वर्षभन्दा माथिका बालबालिकाले खेल्न सक्छन् । यो खेलमा १ पटकमा प्रत्येक समूहमा १० जना पर्नेगरी २० देखि ४० जनासम्म खेलाडी सहभागी हुन सक्छन् । यो खेलका लागि १ सय मिटर लामो मैदान तथा खेल सञ्चालनका लागि १ जना सिटीसहितको रेफ्री चाहिन्छ ।
यो खेलका लागि सबैभन्दा पहिले १०–१० जना खेलाडीको २ देखि ४ वटा समूह बनाउनुपर्छ । खेलमा सहभागी पहिलो समूहका खेलाडीहरूले सिधा रेखामा पाइतलाले टेकेर हातको पन्जाले टेक्नुपर्छ । यस्तो अवस्थामा रहेका समूहलाई अर्को समूहले घुँडा र कुहिना टेकेर हात र खुट्टाको बीचबाट निस्कनुपर्ने हुन्छ । जुन समूहले हात र कुहिनाले टेक्दै हिँडेर निर्धारित दूरी सबैभन्दा पहिले पार गर्छ त्यही समूह विजेता घोषित हुन्छ । यसरी दौडिने क्रममा कुनै पनि खेलाडीको घुँडा र कुहिना दुवै टेकेकै हुनुपर्छ, अन्यथा त्यस्तो खेलाडी अयोग्य घोषित हुन सक्छ । 

प्रकाशित: फाल्गुन १, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार