कान्तिपुर कतार

नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

- कान्तिपुर संवाददाता , काठमाडौं

असार २२, २०७३-
दोहा— कतारमा जारी चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग भोलि शुक्रबार (मे २०) मा प्रतिस्पर्धा गर्दै छ । अलसाद स्टेडियममा हुन गइरहेको अमिर कपको सेमिफाइनल खेल सकेपछि नेपाल र भारतबीच रोचक प्रतिस्पर्धा हुँदैछ । अमिर कपको सेफिफाइनलमा अलसाद र लेखिया क्लबबीच हुनेछ । यो खेल सात बजे हुँदै छ । 
नेपालले गत अघिल्लो शुक्रबार जोर्डनसँग कठिनसँग जित्दै फाइनलमा पुगेको थियो । ‘हामी फाइनल जित्न आतुर छौं,’ प्रशिक्षक वाइबा तामाङले भने, ‘त्यसका लागि खेलाडीहरू पूर्ण रूपमा तयार बसेका छन् ।’ झन्डै दुई महिनाअघिबाट जारी खेलमा नेपालले जोर्डन (३—२), जापान (३—०), कोरिया (४—२), फिलिपिन्स (५—१), इन्डोनेसिया (६—१), श्रीलंका (४—०) र सिंगापुर (४—१)लाई हराउँदै फाइनल पुगेको थियो । नेपाली फुटबल टिमलाई सिटी एक्सप्रेसले स्पोन्सर गरेको छ । लिग प्रतियोगितामा १२ देशको सहभागिता थियो । 

प्रकाशित: असार २२, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार