कला र शैली

स्पोर्टस् फिल्म फेस्टिभल हुने

- कान्तिपुर संवाददाता , कास्की

वैशाख १७, २०७३-पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि पहिलोपटक नेपाल स्पोर्टस् फिल्म फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्डको अग्रसरतामा हुने महोत्सवमा नेपालका ४ वटा खेलकुद वृत्तचित्र प्रस्तुत हुने बिहीबार यहाँ गरिएको पत्रकार सम्मेलनमा बताइयो । भोजराज भाटको ‘सुनकली’, गिरीश गिरीको ‘टिम नेपाल’, सूर्य थपलियाको ‘वियोन्ड द बाउन्ड्री’ र विजय गजमेरको ‘आकाश’ प्रदर्शन हुने पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए । उनका अनुसार समारोहमा खेल पत्रकार सुदर्शन रञ्जितले खिचेका तस्बिरको पोस्टर पनि अनावरण गरिनेछ । उक्त तस्बिरले सन् २००७ का लागि आईसीसीको एसीसी क्षेत्रीय अवार्ड पाएको थियो । 

प्रकाशित: वैशाख १७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार