देश

जलेकी महिला उपचारका लागि राजधानी

- कान्तिपुर संवाददाता, नेपालगन्ज

श्रावण १८, २०७२-

आगोले जलेकी बर्दिया, मोहम्मदपुर १ गणेशपुरकी ३५ वर्षीया गीता नेपाली शेषलाई थप उपचारका लागि सोमबार साँझ काठमाडौं लगिएको छ । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी गीताको स्वास्थ्य अवस्था झनै गम्भीर भएकाले एम्बुलेन्समार्फत काठमाडौं लगिएको हो । परिवारले जहाजमार्फत लान खोजेका थिए, उनको उपचारमा सहयोग गरिरहेको अग्नि हिंसा पीडित नेपालका बाँके संयोजक सुरेन्द्रदिप कार्कीले भने, तर जहाजले लान नमानेपछि एम्बुलेन्समार्फत पठायौं । उक्त संस्थाले हालसम्मको गीताको उपचार र यातायात खर्च बेहोरेको छ । औषधि बाहेक यातायात बापत ३० हजार सहयोग गरेको कार्कीले बताए ।

गीताका हात, खुट्टालगायत शरीरका अधिकांश भाग आगोले जलेका छन् । शरीरको ३३ प्रतिशत भाग जलेको र परिवारका सदस्यले सुविधा सम्पन्न अस्पतालमा लैजाने बताएपछि रेफर गरिएको भेरीका मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादवले बताए । उनलाई काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल ट्रस्ट साखुमा लैजान लागिएको हो ।

प्रकाशित: श्रावण १८, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार