प्रदेश

उम्मेदवारको भर कीर्तिपुरवासी

सुरेशराज न्यौपाने, मंसिर ६, २०७४
चार वर्षअघिको संविधानसभा निर्वाचनमा विजयी कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार (राजन) केसी यसपालि पनि दोहोर्‍याउने सुरमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी भने एमालेका सुरेन्द्र मानन्धर र तेस्रोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए ।
पूरा पढ्नुहोस्

कान्छो जिल्लाको पुरानैको भर

दुर्गालाल केसी, हरि गौतममंसिर ५, २०७४
भूमे गाउँपालिका ८ का २७ वर्षीय कमल बुढा कात्तिक २३ मा सिस्ने–५ घट्टेखोलामा मृत भेटिए । उनलाई धारिलो हतियार प्रहार गरी मारिएको थियो । रुकुम पूर्वको घटना भएकाले पोस्टमार्टम र मुद्दाको सम्पूर्ण प्रक्रिया यहींबाट गर्नुपथ्र्यो तर जिल्लामा सरकारी वकिल र अदालत नहुँदा अर्को जिल्ला रुकुम पश्चिम पठाउनुपर्‍यो ।
पूरा पढ्नुहोस्

‘भोट बैंक’ जोगाउने र भत्काउने कसरत

अर्जुन शाह, मंसिर ५, २०७४
पहिलो चरणको निर्वाचन मिति नजिकिँदै गर्दा चुनावी मैदानमा रहेका दल र तिनका उम्मेदवार आफ्नो पार्टीको ‘भोट बैंक’ जोगाउने र विपक्षी निकटका मतदाता आफूतिर तान्ने कसरतमा केन्द्रित छन् ।
पूरा पढ्नुहोस्

निर्वाचन अवधिभर मदिरा प्रतिबन्ध

कान्तिपुर संवाददाता , मंसिर ५, २०७४
प्रतिनिधि र प्रदेशसभाको मतदानदेखि मतगणनासम्म तीन साताका लागि मदिरा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ । सोमबार जिल्ला प्रहरीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय प्रतिनिधि, होटल व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिको संयुक्त बैठकले जिल्लाभर मदिरा प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्

तीन कार्यकर्ता समातिए

कान्तिपुर संवाददाता , मंसिर ५, २०७४
नेत्रविक्रम चन्द नेतृत्वको कार्यकर्ता भएको आशंकमा प्रहरीले सोमबार तनहुँ, कास्की र स्याङ्जाबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । तनहुँको व्यास–१४ की विमला आले, पोखरा १८ का पुष्प कार्की र वालिङ १३ का ध्रुव गौडेलप्रहरी नियन्त्रणमा छन् ।
पूरा पढ्नुहोस्

लागूऔषधसहित २ पक्राउ

कान्तिपुर संवाददाता , मंसिर ५, २०७४
गैंडाकोटको थुम्सीबाट प्रहरीले सोमबार लागूऔषधसहित चितवनको भरतपुर–७ का २८ वर्षीय राज नेपाली र सन्दिप गुरुङलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट चार थरिका ४ सय ५० वटा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्

स्वास्थ्य शिविर

कान्तिपुर संवाददाता , मंसिर ५, २०७४
भिमाद–२ को टक्रेभञ्ज्याङस्थित बालविकास आधारभूत विद्यालयमा आइतबार एकदिने स्वास्थ्य शिविर गरिएको छ । पोखरा र तनहँुका शाखाको सहयोगमा भएको शिविरमा १ हजार ६ सय ५० बिरामीलाई सेवा दिइएको आयोजक लायन्स क्लब अफ काठमाडांै, सामाखुसीले जनाएको छ ।
पूरा पढ्नुहोस्

तन्नेरीलाई पाकाको चुनौती

कान्तिपुर संवाददाता , मंसिर ५, २०७४
आसन्न प्रदेशसभा निर्वाचनमा जिल्लाका प्रदेशसभाको दुवै क्षेत्रमा तन्नेरीलाई पाकाहरूले टक्कर दिएका छन् । प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा वाम गठबन्धनबाट उम्मेदवार माओवादीका विनोद केसी र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भीमप्रसाद गौचनबीच प्रतिस्पर्धा छ ।
पूरा पढ्नुहोस्

विपक्षीलाई गाली गर्दै, आफूलाई मत माग्दै

आश गुरुङ, मंसिर ५, २०७४
टोलमा भाषण गर्न आएका उम्मेदवारले जितेर गर्ने कामका विषयमा बताउनुभन्दा विपक्षी उम्मेदवार र दललाई तथानाम गाली गर्दै भोट माग्नेको देख्ता मतदाता हैरान छन् ।
पूरा पढ्नुहोस्

नयाँ–पुराना भिड्दै

अगन्धर तिवारी, मंसिर ५, २०७४
दोस्रो चरणमा निर्वाचन हुन लागेको धौलागिरिको एकमात्रै जिल्ला पर्वतमा प्रदेशसभाका दुई सिटका लागि चुनावी भिडन्त रोचक छ । प्रदेशसभा ‘क’ मा कांग्रेसका पाका नेता नवराज गुरुङ र वाम गठबन्धनका तर्फबाट माओवादीका नेत्र अधिकारीबीच प्रतिस्पर्धा छ ।
पूरा पढ्नुहोस्

आफैंलाई मतदान गर्न नपाउने नेता !

कान्तिपुर संवाददाता , मंसिर ५, २०७४
मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झापाका तीन केन्द्रीय नेताले आफैंलाई मत दिन पाउने छैनन् ।
पूरा पढ्नुहोस्