प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

फोनै टिप्दैन

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
जिल्लाका ६० मध्ये एक दर्जनभन्दा बढी मतदान केन्द्रमा सञ्चार सुविधा छैन । धैनकोट, नेर, पुलुबगर, छाइल, माग्री, डोल्फू, मुगु, शोभा र महलगायत केन्द्रमा मोबाइल नेटवर्कले कामै गर्दैन । अन्य सञचार सुविधासमेत नहुँदा चुनावमा खटिएको टोलीलाई निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नै सकस छ ।
पूरा पढ्नुहोस्

चुनावी तयारी पूरा

कान्तिपुर टिम, मंसिर ७, २०७४
गोरखाको दुर्गम उत्तरी क्षेत्रको चुमनुव्री र धार्चे गाउँपालिकामा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । सडक सञ्जाल नपुगेका दुर्गमका २७ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट सामग्री ढुवानी गरिएको हो ।
पूरा पढ्नुहोस्

नेकपाका कार्यकर्ता पक्राउ

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
निर्वाचनविरोधी गतिविधिमा संलग्न आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन थालेको छ । बुधबार पोखरा–८ बाट टासी याउदु, नवलपरासीको देवचुली–४ बाट लक्ष्मण रानाभाट, दाताराम भट्टराई, गैंडाकोट–५ बाट कृष्णराज पराजुली पक्राउ परेका छन् ।
पूरा पढ्नुहोस्

जोगिएला गढ ?

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
मुलुककै सबैभन्दा थोरै मतदाता रहेको जिल्ला हो मनाङ । जम्मा ५ हजार ८ सय ८१ मतदाताको यो जिल्ला पर्यटक, हिमपात र चुनावका बेला निकै चर्चामा आउँछ ।
पूरा पढ्नुहोस्

वामलाई बागीकै बाधा

जनक नेपाल, मंसिर ७, २०७४
६ महिनाअघि स्थानीय निर्वाचनमा प्राप्त मत जोड्दा हुम्लामा एमाले–माओवादी गठबन्धन बलियो देखिन्छ । तर, माओवादी केन्द्रका नेता छक्कबहादुर लामाले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई चुनौती थपिएको छ । यसै कारण कांग्रेसले भने केही सहज महसुस गरेको छ ।
पूरा पढ्नुहोस्

दुवै गठबन्धनलाई चुनौती

आश गुरुङ, मंसिर ७, २०७४
संसदीय निर्वाचनमा एकछत्र जित्दै आएको कांग्रेसले २०६४ को संविधानसभामा जिल्लाका दुवै क्षेत्र गुमायो । क्षेत्र १ मा तत्कालीन माओवादीका बुद्धिराम गुरुङ र २ मा एमालेका पृथ्वी सुब्बा गुरुङ निर्वाचित भए ।
पूरा पढ्नुहोस्

ठूला दलको प्रतिस्पर्धामा केसीको विद्रोह

राजेन्द्र मानन्धर, मंसिर ७, २०७४
जिल्लाको प्रदेशसभा ‘ख’ क्षेत्रमा दुई चौलागाईंबीचको प्रतिस्पर्धाले जति चर्चा छ, त्यति नै चर्चा आफूलाई राजनीतिमा अभागी ठान्ने केसीको उम्मेदवारीले । उक्त क्षेत्रमा वाम गठबन्धनबाट एमालेका पशुपति चौलागाईं र कांग्रेसबाट केशव चौलागाईं प्रमुख प्रतिस्पर्धी छन् ।
पूरा पढ्नुहोस्

अनुभवीविरुद्ध नयाँ अनुहार

अनिल तिवारी, मंसिर ७, २०७४
जिल्लामा प्रदेशसभाका दुवै क्षेत्रमा पूर्वसभासद, पूर्वलडाकु र युवाबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश ‘क’ मा लोकतान्त्रिक गठबन्धनका विकास तामाङ र वाम गठबन्धनबाट युवराज दुलाल मैदानमा छन् । प्रदेश ‘ख’ मा वामबाट दावा तामाङ र लोकतान्त्रिकबाट निमा लामा चुनावमा होमिएका छन् ।
पूरा पढ्नुहोस्

नमुना मतदान

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
बदर मतसंख्या घटाउन तनहुँको दमौलीमा बुधबार नमुना मतदान गरिएको छ । ३ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले नमुना मतदानबाट चुनावी प्रक्रियाबारे मतदातालाई जानकारी गराइएको हो ।
पूरा पढ्नुहोस्

साख जोगाउन दौडधुप

शाहीमान राई, मंसिर ७, २०७४
प्रतिनिधिसभा सदस्य चुनावका लागि जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीचको प्रतिस्पर्धा रोचक देखिएको छ ।
पूरा पढ्नुहोस्

‘वाम गठबन्धनको दुई तिहाइ’

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि वामपन्थी गठबन्धनको नेतृत्वमा कसैले ढाल्न नसक्ने सरकार बन्ने दाबी गरेका छन् । वाम गठन्धन रुपन्देहीले बुधबार यहाँ आयोजना गरेको चुनावी सभामा उनले एमाले र माओवादीले एउटै पार्टी बनाउने लक्ष्यका साथ तालमेल गरेकाले दुई तिहाइ बहुमत प्राप्त हुने बताए ।
पूरा पढ्नुहोस्

सहयोद्धाबीच प्रतिस्पर्धा

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
भूमिगत समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राजधानीमा आश्रय दिने प्रभातकिरण सुवेदी अहिले कांग्रेसबाट प्रदेशसभा उम्मेदवार बनेका छन् ।
पूरा पढ्नुहोस्

गाउँ भ्याएर नगरतिर

आनन्द गौतम, मंसिर ७, २०७४
एमाले युवा नेता योगेश भट्टराई राष्ट्रिय राजनीतिको चर्चामै छन् । विगतमा काठमाडौंबाटै चुनावी प्रतिस्पर्धामा उत्रने गरेका उनले संसद्मा भने प्रतिनिधित्व गर्ने मौका अहिलेसम्म पाएका छैनन् ।
पूरा पढ्नुहोस्

एजेन्डाले लोभ्याउँदै उम्मेदवार

विनोद त्रिपाठी, मंसिर ७, २०७४
कोरला नजिकैको गाउँ छोन्हुपका मिंग्युर गुरुङ चुनावमा उठ्ने/नउठ्ने दोधारमा थिए । भौगोलिक र जातीय दृष्टिकोणले कांग्रेसलाई उपल्लो मुस्ताङमा सशक्त उम्मेदवार चाहिएको थियो । जिल्ला समिति बैठकले मिंग्युरलाई रोज्यो । उपल्लो मुस्ताङ प्रदेश (क) बाट उनी चुनावमा होमिएका छन् ।
पूरा पढ्नुहोस्

दलबीच आरोप–प्रत्यारोप

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
कांग्रेस र वाम गठबन्धनका स्थानीय अगुवाहरू निर्वाचन आचारसंहितालाई लिएर एक–अर्कामाथि खनिएका छन् । प्रजिअको अध्यक्षतामा बुधबार आयोजित सर्वपक्षीय बैठकमा उनीहरूले आचारसंहिता उल्लंघनमा एक–अर्कालाई दोषी औंल्याए ।
पूरा पढ्नुहोस्

भोट तान्न अन्तिम कसरत

वसन्तप्रताप सिंह, मंसिर ७, २०७४
मंसिर १० को निर्वाचनका लागि मतदाता आफ्नो पक्षमा आकर्षित गर्न उम्मेदवार अन्तिम कसरतमा जुटेका छन् । उनीहरू राति पनि घरदैलो गर्दै मत मागिरहेका भेटिन्छन् ।
पूरा पढ्नुहोस्

मत बदरको चिन्ता

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
तिब्बती सीमासँग जोडिएको लामाबगरका ४३ वर्षीय गिन्ड तामाङलाई आसन्न चुनावमा कतिवटा मतपत्र हुन्छ थाहा छैन । उम्मेदवार को–को हुन् पनि चिन्दैनन् । कसलाई भोट दिने भन्ने प्रश्नमा भन्छन्, ‘कसलाई कसलाई ?’
पूरा पढ्नुहोस्

वर्षौंदेखि उही अनुहार

कान्तिपुर संवाददाता , मंसिर ७, २०७४
बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछि छै्रटौं आम निर्वाचन हँुदै छ । प्रत्येक चुनावमा केही उम्मेदवार भने दोहोरिइरहेका छन् । संसदीय होस् या संविधानसभा निर्वाचन, हरेक पटक सहभागी भएका नेताहरू नै राज्य पुन:संरचनापछिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन् ।
पूरा पढ्नुहोस्

आफैं भोट हाल्न पाउँदैनन् महिला

वसन्तप्रताप सिंह, मंसिर ७, २०७४
जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ । उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् । उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुटयाउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् ।
पूरा पढ्नुहोस्