अर्थ/वाणिज्य

घोडेपानीमा खचाखच पर्यटक

घनश्याम खडका, कार्तिक ३, २०७४
अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तव्यमध्येको एक मानिने पुनहिलका सबै होटल र गेस्टहाउसहरू पर्यटकले खचाखच छन् । घोडेपानीबाट पुनहिलसम्म पुग्ने बाटो र भ्यु प्वाइन्टमा आराम कुर्सी राख्नेसमेतका पूर्वाधारहरू थप गरिएपछि पर्यटक थप आकर्षित भएका हुन् ।
पूरा पढ्नुहोस्

बिदा मनाउन अन्नपूर्ण फेदी

दीपक परियार, कार्तिक ३, २०७४
स्नातक दोस्रो वर्षमा अध्ययनरत काठमाडौं बानेश्वरका विशाल रेग्मी परिवारसँग दसैं मनाइसकेपछि फुर्सदिलो भए । कतै घुम्न जान मन लाग्यो । पोहोर मुस्ताङ पुगेका उनलाई यो वर्ष मनाङ जाने रहर थियो । साथीहरूसँग सल्लाह गरे ।
पूरा पढ्नुहोस्

बैंक खुलेपछि गाउँमा सजिलो

कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
पैयुँ हुवासकी अम्बिका शाहलाई तीन वर्षअघिसम्म श्रीमान्ले विदेशबाट पठाएको रकम लिन स्याङ्जाको वालिङ वा सदरमुकाम कुस्मा पुग्नुपथ्र्यो । बजार पुगेर एक्लै पैसा लिएर फर्कन डर भएपछि मेसो मिलाएर साथीसँग बजार पुगेर फर्कन ३ दिन बित्थ्यो ।
पूरा पढ्नुहोस्

उद्योगलाई तीन महिना म्याद

कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
औद्योगिक व्यवसया ऐन २०४९ अनुसार दर्ता भएका तर सञ्चालन, उत्पादन वा कारोबारमा नआएका उद्योगलाई म्याद थप गर्न सरकारले तीन महिनाको समय दिएको छ ।
पूरा पढ्नुहोस्

‘टुकटुक’ ले ल्यायो रोजगारीको अवसर

सन्तोष सिंह, कार्तिक ३, २०७४
जनकपुर महाबिर चोकका २४ वर्षीय संजय मण्डल बिहान घरको काम सकेर ९ बजे टुकटुक (रिक्सा) लिएर बाहिरिएपछि साँझ ६ बजे घर फर्किदा खल्तिमा १ हजार ५ सय रुपैयाँ कमाएर फर्किन्छन् । एसएलसी पढेर दुई वर्षसम्म कुनै काम नपाएर भौतारीएका संजयले तीन वर्ष यता मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै छन् ।
पूरा पढ्नुहोस्

टयाक्टर आयातमा भ्याटले किसान मारमा

विनोद भण्डारी, कार्तिक ३, २०७४
सरकारले टयाक्टर आयातमा भ्याट लागू गरेसँगै कम्तीमा डेढ लाखसम्म मूल्य बढेपछि कृषि यन्त्रले खेती गर्ने किसान मारमा परेका छन् । भ्याट छुटमा आयात भएका टयाक्टर वास्तविक किसानको हातमा नपरी उद्योगी व्यवसायीको होल्डमा पुगेको भन्दै सरकारले यस वर्षदेखि टयाक्टर आयातमा भ्याट लागू गरेको हो ।
पूरा पढ्नुहोस्

प्रभावकारी कार्यान्वयन हुन्छ : श्रममन्त्री

होम कार्की, कार्तिक ३, २०७४
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले जोर्डनसँग भएको श्रम सम्झौता प्रभावकारी र दृढताका साथ कार्यान्वयन गर्न दुवै सरकार अग्रसर हुने बताएका छन् ।
पूरा पढ्नुहोस्

दुई जलविद्युत् अन्तिम चरणमा

शाहीमान राई, कार्तिक ३, २०७४
यहाँ निर्माणाधीन दुई वटा ठूला जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आउँदो मंसिरदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
पूरा पढ्नुहोस्

ढाका कपडालाई तिहारको भर

कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
सदरमुकामको पुरानो बजारमा यतिबेला ढाका कपडाको कारोबार बढेको छ । वर्षका अरू बेलाभन्दा तिहारमा बढी कारोबार हुने भएकाले भीड पनि बढेको छ ।
पूरा पढ्नुहोस्

तिहारलाई ३० करोडको फलफूल आयात

राजु चौधरी, कार्तिक ३, २०७४
तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेको छ । व्यवसायीहरूले स्याउ र केरासहित विभिन्न फलफूल झन्डै ३० अर्ब रुपैयाँँ बराबरको आयात गरेका हुन् ।
पूरा पढ्नुहोस्

निक्षेपभन्दा कर्जा वृद्धि उच्च

कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
पछिल्ला दुई महिनायता बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च देखिएको छ । तरलता अवस्था सहज भएसँगै बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा जोड दिन थालेपछि कर्जाको वृद्धिदर निक्षेपको भन्दा बढी भएको हो ।
पूरा पढ्नुहोस्